मुख्य समाचार

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाइँदै

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाइँदै

काठमाडौंः राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । वि.सं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।

पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए । वि.सं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उनी पराजित भएका थिए । उनी वि.सं १८०१ मा नुवाकोटमा विजयी भएका थिए । 

यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले वि.सं १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।

शाहले ‘व्रतरत्न माला’ नामक कृति लेख्नु भएको थियो । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन वि.सं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले कटौती गरिएको छ । तर यो अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।  

पृथ्वीनारायण शाह राष्ट्रिय एकता दिवस जन्मयन्ती

विशेष