मुख्य समाचार

प्रदेश ३ को राजधानीः धुलिखेलको पक्षमा ३ मत मात्र

प्रदेश ३ को राजधानीः धुलिखेलको पक्षमा ३ मत मात्र

काठमाडौंः प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउने पक्षमा ३ मत मात्र खसेका छ ।

विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा १०१ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै काभ्रे राजधानी बहुमतले अस्वीकृत भएको घोषणा गरेका छन् ।

प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ ।

प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन मतदान प्रक्रिया सुरु भइसकेको छ । प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

काभ्रे प्रदेशसभा ३

विशेष