मुख्य समाचार

प्रदेश ३ काे राजधानी हेटौँडा तोकियो

प्रदेश ३ काे राजधानी हेटौँडा तोकियो

काठमाडौंः प्रदेश ३ काे राजधानी हेटौँडा तोकिएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।

उक्त प्रस्तावमा प्रमुख विपक्षी नेपाली कांग्रेससँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

धुलिखेल राख्नुपर्ने पक्षमा तीन मत आएको छ । विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्ताव गरेको थियो । यो प्रस्तावलाई प्रदेशसभा बैठकले अस्वीकृत गरिदिएको छ ।

प्रदेश ३ हेटौंडा

विशेष