नयाँ टी–२० र वानडे वरियता सार्वजनिक, नेपालको स्थान..?
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपाल १२ औं स्थानमा रहेको छ । तालिकाको शीर्षमा पाकिस्तान छ ।
त्यसपछि क्रमशः अस्ट्रेलिया, इङ्ल्याण्ड, दक्षिण अफ्रीका, भारत, न्यूजिल्याण्ड, अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल यस सूचीमा स्कटल्याण्ड, आयरल्याण्ड, यूएई, नेदरल्यान्ड्स र ओमानभन्दा माथि छ ।
एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा
शनिबार नै सार्वजनिक एकदिवसीय क्रिकेटको नयाँ वरियता क्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि सूचीमा १८ औं स्थानमा रहेको नेपाल शनिबार सार्वजनिक सूचीमा एक स्थान उक्लिएर १७ औँ स्थानमा झरेको छ ।
गत वर्षमात्र नेपालले एकदिवसीय क्रिकेट खेल्ने १६ औँ राष्ट्रको रूपमा मान्यता प्राप्त गरेको थियो । विश्वकप छनौटमा खराब प्रदर्शन गरे यता भने नेपालको वरियताक्रम लगातार ओरालो झर्ने क्रममा रहेको छ ।
आइसीसीको सूचीको शीर्षमा इङ्ल्याण्ड कायम रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकपको उपविजेता न्यूजिल्याण्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेका छन् ।
सूचीको शीर्ष १० मा पर्ने टीमहरूमा दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज र अफगानिस्तान क्रमशः पाँचौ, छैठौं, सातौं, आठौँ, नवौं र दशौँ स्थानमा रहेका छन्।
सूचीमा आयरल्याण्ड, जिम्बाब्वे, स्कटल्याण्ड, युएसए र ओमान क्रमशः ११ औं, १२औं, १३औ, १४ औं, १५ औं र १६ औं स्थानमा नेपालभन्दा माथि छन् भने नामिबिया र यूएई क्रमशः १८ औं र १९ औं स्थानमा रहेका छन् ।
आइसीसी नेपाली क्रिकेट टिम टी–२० क्रिकेट एकदिवसीय वरियता