खेल

एमएम कपः विनोद चम्किँदा सुदूरपश्चिम सेमिफाइनलमा

एमएम कपः विनोद चम्किँदा सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौंः सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छद्ध । आज गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो ।

आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । माघ १ गते हुने पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन् ।

गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदूरपश्चिमले १०।२ एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले ३४, खडक बोहराले नटआउट १६ रन र अरुन ऐरीले अविजित १० रनको योगदान दिए । बलिङमा गण्डकी प्रदेशका दिपेश खत्रीले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २३.३ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनायो । उसका लागि किशोर महतोले सर्बाधिक १७ रन बनाए । अन्य १० खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका दायाँ हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए । उनले आज ९।३ ओभरमा २ मेडनहित १४ रन दिएर ७ विकेट लिएका हुन् ।

यस्तै शेर मल्लले २ तथा बिक्रम ठगुन्नाले १ विकेट लिए । प्रतियोगिता अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने छन् । (तस्बिरः विकेट नेपाल)  

मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट सुदूरपश्चिम प्रदेश एमएम कप बिनोद लामा

विशेष