खेल

‘ब्याट फ्लिप’ हारेर ब्याटिङ गर्दै मेलबर्न, प्लेइङ ११ मा को–कोले पाए मौका?

‘ब्याट फ्लिप’ हारेर ब्याटिङ गर्दै मेलबर्न, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)  अन्तर्गत सिड्नी सिक्सर्स विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले ‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मौका पाएको छ । सिड्नी र मेलबर्नबीचको खेल १ः५५ बजेदेखि सुरु हुनेछ । 

टिमको नवौं म्याचमा पनि सन्दीप प्लेइङ ११ मा अटाएका छन् । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ ।   

सिक्सर्सविरुद्ध मेलबर्नको  प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, लान्स मोरिस, बेन डन्क, सेब गोच, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल । 

बीबीएल बिग बास लिग सन्दीप लामिछाने

विशेष