खेल

आयरल्याण्ड विरुद्धको टी–२० सिरिजका लागि वेष्ट इन्डिजद्वारा टोली घोषणा

आयरल्याण्ड विरुद्धको टी–२० सिरिजका लागि वेष्ट इन्डिजद्वारा टोली घोषणा

काठमाडौंः आयरल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजका लागि वेष्ट इन्डिजले टोली घोषणा गरेको छ । किरण पोलार्डको नेतृत्वमा वेष्ट इन्डिजले १३ सदस्यीय टोली घोषणा गरेको हो । सन्यास फिर्ता लिएका स्टार अलराउन्डर ड्वेन ब्रावो (डीजे ब्रावो) पनि टिममा फर्किएका छन् । ३६ वर्षीय ब्रावोले गत वर्ष सन्यास लिएको घोषणा गरेका थिए ।

सन् २०१६ मा पाकिस्तानसँगको तिन खेलको टी–२० सिरिज यता ब्रावोले वेष्ट इन्डिजको टोलीमा परेका थिएनन् । ब्राभोले टी–२० क्रिकेटमा उत्कृष्ट  प्रर्दशन गर्दै आएका छन् । उनले ६६ टी–२० मा ११ सय ४२ रन बनाउनुको साथै ५२ विकेट लिएका छन् ।  आयरल्याण्ड र वेष्ट इन्डिजबीचको टी–२० सिरिज १५ जनवरीदेखि सुरु हुनेछ ।

आयरल्याण्डविरुद्ध टी–२० सिरिज खेल्ने वेष्ट इन्डिजको टोलीः किरण पोलार्ड (कप्तान), ड्वेन ब्रावो, शेल्डन कोट्रेल, शिमरोन हेटमायर, ब्रेण्डन किंग, इविन लुइस, ख्यारी पियरे, निकोलश पूरन, रोभम्यान पोवेल, शेर्फेन रदरफोर्ड, लेन्डल सिमन्स, हेडेन वाल्श र केस्रिक विलियम्स । 

टी–२० क्रिकेट सिरिज आयरल्याण्डविरुद्ध वेष्ट इन्डिज

विशेष