खेल

क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ

क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ

चितवनः चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ हुने भएको छ । धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)का अनुसार आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर–१५ मा नै महायज्ञ गर्न लागिएको हो ।  

महायज्ञको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । महायज्ञबाट ५० करोड उठाउने लक्ष्य राखिएको छ । महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उद्घाटन गराउने योजना छ ।

पुस २८ गते महायज्ञ मूल समारोह समिति घोषणा गर्ने कार्यक्रम तय भएको संयोजक विजय सुवेदीले जानकारी दिए । १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति, १५ जनाको स्टेरीङ र १०१ जनाको सचिवालय बनाइने संयोजक सुवेदीले जानकारी दिए ।

महायज्ञलाई कसरी सफल बनाउने भन्ने बारेमा भरतपुर महानगरपालिका वडा नं. १५ सँग जोडिएका वडाध्यक्षसहितका स्थानीय अगुवाहरुसँग छलफलसमेत गरिएको संयोजक सुवेदीले जानकारी दिए । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्रिकेट रंगशाला धुर्मस–सुन्तली फाउण्डेशन

विशेष