दिलीप महतोको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको घोषणा

जनकपुरधामः प्रदेश २ सरकारले नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । ‘मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय भएको छ,’ कानूनमन्त्री यादवले भने ।
अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रदेश २ सरकार धनुषा दिलीप महतो