भिडियो कभर स्टोरी

नेपाली भाषामाथि चौतर्फी आक्रमण बढ्दो छ  : ज्ञानप्रसाद आचार्य, प्रमुख नेपाली विभाग बूढानिलकण्ठ स्कुल

नेपाली भाषामाथि चौतर्फी आक्रमण बढ्दो छ  : ज्ञानप्रसाद आचार्य, प्रमुख नेपाली विभाग बूढानिलकण्ठ स्कुल

काठमाडौँ । पछिल्लो समय नेपालीहरुमा अंग्रेजी भाषाको बढ्दो मोहले नेपाली भाषा समस्यामा पारिँदै लगिएको छ । भाषा बिगार्न धार्मिक अतिवादी संघ/संगठनदेखि समाजका विद्धान भनिनेहरु खुलेरै लागेका छन् भने राज्यको नीति निर्माणमा बसेकाहरु पनि भाषा सुधार्न  चासो दिएका छैनन् ।

उनीहरु मौन बसेका छन् । विदेशीको हुण्डी खानेले भाषामा दख्खल दिएर नेपाली भाषा समस्यामा पार्न खोजेको पाइएको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् । 

नेपाली भाषा प्रयोगमा बढ्दो अंग्रेजी मिसावट र त्यसलाई सुधार्नुपर्छ भन्ने शिक्षकहरु नै समाजका विद्धानहरुका कारण असमञ्जसमा परेका छन् ।

हामीले नेपाली भाषा विभाग बूढानिलकण्ठ स्कुलका प्रमुख ज्ञानप्रसाद आचार्यसँग नेपाली भाषामा बढ्दो आक्रमण किन भैरहेको छ ? यसलाई सुधार्ने उपाय र नेपाली भाषा सुधारका लागि मिडियाको भूमिका लगायतबारे कुराकानी गरेका छौँ ।

हेरौँ यो भिडियो : 

विशेष