मनोरञ्जन

समस्याको घेरामा दीपिका पादुकोण

समस्याको घेरामा दीपिका पादुकोण

काठमाडौंः बलिउड अभिनेत्री दीपिका पादुकोणलाई यतिबेला समस्याले घेरिरहेको छ । जनवरी ७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका आन्दोलनकारी घाइते विद्यार्थीलाई भेट्न पुगेपछि दीपिकाविरुद्ध सत्ता पक्ष र उसका कार्यकर्ता भड्केका हुन् ।

भारतीय जनता पार्टीका प्रवक्ताले त दीपिकाको रिसमा उनी अभिनित फिल्म ‘छपाक’ नै बहिष्कार गर्ने अभियान चलाए ।

विवादको भुमरीमा तानिएकी दीपिकालाई अर्को झट्का तब लाग्यो जब रिलिजका दुई दिनमै ‘छपाक’ को अनलाइन पाइरेसी भयो ।

अहिले बलिउडकी पहिलो रोजाइकी अभिनेत्रीमा पर्ने दीपिका महँगो पारिश्रमिक लिनेमा पनि पर्छिन् । यतिबेला दुई दर्जन विज्ञापनमा खेलिरहेकी दीपिकाले एउटै विज्ञापनबाट ८ देखि १० करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

दीपिका पादुकोण छपाक

विशेष