खेल

बीबीएलमा आज मुजीब र राशिद खानको टिम भिड्दै

बीबीएलमा आज मुजीब र राशिद खानको टिम भिड्दै

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा आज ब्रिसबेन हिट र एडिलेट स्टाइकर्स खेल्दै छन् । एडिलेट–ब्रिसबेनबीचको खेल मंगलबार बिहान १०ः२५ बजेदेखि सुरु हुँदैछ । जारी प्रतियोगितामा एडिलेटले ८ म्याच खेल्दा ४ मा जित र ३ खेलमा पराजय बेहोरेको छ । एक खेलमा वर्षा बाधक भएपछि राशिद खान सम्मिलित एडिलेटले अंक बाँडेको थियो ।

तालिकामा एडिलेट ९ अंककासाथ चौथो स्थानमा छ । यता क्रिस लिन नेतृत्वको ब्रिसबेनले ८ म्याचमा ४ मा जित र ४ खेलमै हार बेहोरेको छ । उसले ८ अंक जोडेको छ । र, ब्रिसबेन तालिकाको छैटौं स्थानमा छ । ब्रिसबेन र एडिलेटको लाइभ म्याच टीभीमा भारतीय च्यानल सोनी सिक्स र इन्टरनेटमा पनि सोनी सिक्सकै वेवसाइटमा गएर हेर्न सकिन्छ ।

ब्रिसेबनमा क्रिस लिनसहित एबी डिभिलियर्स, मुजीउर रहमान, बेन कटिङ, जो बन्र्स, जेम्स प्याटिन्सनलगायत नाम चलेका खेलाडी छन् । यता एडिलेटमा एलेक्स क्यारी, ट्रभिस हेड, राशिद खान, पीटर सिड्डल लगायत चर्चित खेलाडी छन् । 

तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स 

अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले ९ म्याच खेल्दा ८ मा जित हासिल गर्दै १६ अंक जोडेको छ । मेलबर्नले आफ्नो दशौं म्याच बुधबार खेल्दै छ । उसले दशौं म्याचमा पर्थ स्कोरचर्सको सामना गर्नेछ । यो सिजनमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेलबर्नबाटै खेलिरहेका छन् । 

बीबीएल बिग बास लिग राशिद खान ब्रिसबेन हिटविरुद्ध एडिलेट स्टाइकर्स मुजीउर रहमान

विशेष