स्वास्थ्य

कस्ता छन् बेसार खानुका फाइदा?

कस्ता छन् बेसार खानुका फाइदा?

काठमाडौंः आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रुपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रुपमा लिन्छ । बेसारमा हाम्रो शरीरलाई आवश्यक पर्ने क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसलाको रुपमा प्रयोग गरिन्छ । दूधमा बेसार मिसाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाइ लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ । मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ । बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

आयुर्वेद फाइदा बेसार

विशेष