काठमाडौंमा एनसेलका टावरमा आगजनी

काठमाडौंः काठमाडौंमा एनसेलका दुई वटा टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।
आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
यद्यपि यसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको प्रहरीकाे अनुमान छ । राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । (फाइल फोटो)
एनसेल एनसेल टावर