खेल

वानडे सिरिजः भारत र अष्ट्रेलियाको पहिलो खेल आज

वानडे सिरिजः भारत र अष्ट्रेलियाको पहिलो खेल आज

काठमाडौंः भारत र अष्ट्रेलियाबीचको तीन खेलकाे एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेल आज हुँदैछ । यी दुई टिमबीचको पहिलो खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि मुम्बईमा सुरु हुनेछ । अष्ट्रेलिया–भारतबीचको पछिल्लो ५ वानडे म्याच हेर्ने हो भने भारतले २ खेलमा मात्र जित हासिल गरेको छ ।  

भारत र अष्ट्रेलियाले अन्तिम वानडे इंग्ल्याण्ड र वेल्समा भएको विश्वकपमा खेलेका थिए । जुन खेलमा भारत ३६ रनले विजयी भएको थियो । उक्त खेलमा भारतका शिखर धवनले शतक बनाएका थिए । वानडे विश्वकपमा खेलेका अघिकांश खेलाडी आजदेखि सुरु हुने सिरिजमा पनि छन् । 

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११ः डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, पीटर ह्यान्सकम्ब, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एश्टन अगर, प्याट कमिन्स, मिशेल स्टार्क,  जोश हेजलवुड र एडम जम्पा । 

भारतको सम्भावित प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, केएल राहुल (विकेटकीपर),  विराट कोहली (कप्तान), श्रेयस अय्यर, केदार जाधव, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह । 
 
    
 

एकदिवसीय क्रिकेट सिरिज भारतविरुद्ध अष्ट्रेलिया

विशेष