प्रवास

ईपीएसमार्फत कोरिया पुगेका नेपाली युवकद्वारा आत्महत्या

ईपीएसमार्फत कोरिया पुगेका नेपाली युवकद्वारा आत्महत्या

कोरियाः २१ महिनाअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्महत्या गरेका छन् ।

पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङका अनुसार पाँचथरको फिदिम नगरपालिका–२ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।  

कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए । 

बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए । राईको आत्महत्याको कारण नखुलेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

पाँचथर आत्महत्या

विशेष