स्वास्थ्य

ममको सौखिन हुनुहुन्छ ? उसो भए ख्याल राख्नुस यस्ता समस्या निम्तन सक्छन

ममको सौखिन हुनुहुन्छ ? उसो भए ख्याल राख्नुस यस्ता समस्या निम्तन सक्छन

कतिपय मानिसहरु घरको ताजा र सफा खाना खान मन नलाग्ने तर स्ट्रिट फुड खानमा भने सौखिन हुन्छन। जस्तै:समोसा, मम, पकौडा, हटडग खान मानिसहरु एकदम धेरै मन पराउछन। यसैबीच आज हामी मम खानुका केहि शारीरिक बेफाइदाहरुका बारेमा बताउन जाँदैछौँ, आउनुहोस हेरौं 

१. मम बनाउनका लागि मैदाको प्रयोग गरिएको हुन्छ जसमा एजोडीकार्बोना माइड, बेन्जोईल प्याराक्साईड जस्ता तत्वहरु मिसाईएको हुन्छ। मममा मैदालाई नरम बनाईराख्न एलोक्सन नामक तत्व पनि समावेश गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि अति नै हानिकारक रहेको छ। 

२. एक रिपोर्टका अनुसार मम बनाउनका लागि जुन तत्व प्रयोग गरिएको हुन्छ उक्त तत्वले शरीरको प्यान्क्रियाज ग्रन्थिमा नकारात्मक असर पुर्याउछ, साथमा यसले मधुमेहको खतरा पनि बढ्न सक्छ। 

३. ननभेज मम बनाउनका लागि जुन मासु प्रयोग गरिएको हुन्छ त्यो मासु कम गुणस्तरयुक्त हुन्छ जसको सेवनले कहिलेकाही स्वास्थ्यमा नकारात्मक असर समेत देखा पर्न सक्छ। 

४. ममसँगै खाइने चटनी पनि स्वास्थ्यका हिसाबले हानिकारक नै छ। अत्यधिक पिरो चटनीले पाइल्स हुने सम्भावना पनि रहन्छ। 

५. एक अध्ययनका अनुसार स्ट्रिट फुडहरु जस्तै मम, समोसा, बर्गर लगायतका खानेकुराहरु सकेसम्म सेवन नगर्दा नै राम्रो हुन्छ यसले फुड पोइजनिङ्ग, झाडापखाला, पेट दुख्ने लगायतका समस्या निम्तन सक्छन।  

#मम

विशेष