राशिफल

माघ १ गते कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

माघ १ गते कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आज   मिति २०७६ साल माघ महिनाको १ गते बुधबार, तदअनुसार सन् २०२० जनवरी १५ तारिख, आज मकर संक्रान्ती तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्म कर्ममा मन लाग्नेछ । आज प्रेम जीवन सुखद् रहनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । पारिवारिक वातावरण सुखद रहनेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । मठ मन्दिरको भ्रमण हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मन भावुक बन्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धार्मिक यात्राको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
  

#राशिफल

विशेष