तरूल खानुका फाइदै फाइदा
एजेन्सी – अहिले बजारमा जताततै तरुल राखिएको देख्न मिल्छ । माघ महिना नजिकिएसँगै बजारमा तरुलको माग बढेको हो । तरकारी बजारदेखि ठेलागाढामा राखेर तरुल बेच्नेहरु देख्न सकिन्छ । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ ।
यस्ता छन् तरुलबाट हुने फाइदा
– तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुनाले शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ ।
– छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि पनि तरुल राम्रो हुन्छ ।
– तरुलमा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि उपयुक्त मानिन्छ ।
– तरुलमा भिटामिन बी– ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्याबाट जोगाउँछ ।
– यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
– तरुल खानाले मस्तिष्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउँछ ।