राशिफल

कुन राशिका लागि शुभ छ माघ महिना ? हेर्नुहोस् मासिक राशिफल

कुन राशिका लागि शुभ छ माघ महिना ? हेर्नुहोस् मासिक राशिफल

माघ महिनाको मासिक राशिफल !

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

मित्रजनको साथ सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरु पत्ता लाग्नेछन। अध्ययन अध्यापनको क्षेत्रमा सफल भइने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । महिनाको  मध्यबाट  दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

घर व्यवहारको समस्याले सताउने छ। आश्वासन दिनेहरुले झुक्याउने छन। दाम्पत्य जीवनमा खटपट देखिनेछ। प्रतिस्पर्धात्मक कार्यमा बिजयी भइने छ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

पशु चौपायको व्यवसाय फस्टाएर जानेछ। स्वास्थ्यका लागि खानपानमा बिशेष ध्यान दिनु पर्नेछ। पारिवारिक उल्झन देखा पर्नेछ। वैदेशिक यात्रा सुखद रहेनछ। दाम्पत्य जीवन मध्यम रहेको छ। ठुलाबडाको आशिर्वाद पाइने छ। 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। सामाजिक कार्यमा विशेष रुचि बढ्नेछ। पारिवारिक मनमुटाव हुने देखिन्छ। यात्रामा बिशेष सावधानी अपनाउनु पर्नेछ। प्रेम तथा मित्रताको बन्धन कसिने समय छ। 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। स्वस्थ्य अनुकुल रहेको छ। धार्मिक कार्यमा मन जानेछ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।  नयाँ काम हात लागि हुनेछ। व्यापार व्यवसायमा बृद्धि हुनुका साथै विशेष लाभ हुने देखिन्छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

सोचे अनुरुप कार्य सम्पादन हुनेछ। सकेसम्म चिसोबाट बच्नु पर्नेछ। शैक्षिक क्षेत्रमा खासै प्रगति हुने छैन। भातृत्व सुख मिल्नेछ। दाम्पत्य जीवन खासै राम्रो छैन। बोल्दा विचार पुर्याउनु पर्नेछ। महत्वपुर्ण योजनालाई गोप्य राखेर अगाडी बढ्दा नै राम्रो हुनेछ। समग्रमा तपाईको यो महिना सामान्य रहेको छ। 

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

बोलीले धेरैको मन जित्न सकिनेछ। साहित्य कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यवसायिक काममा भने खासै प्रगति हुने छैन खानपानको लापरवाहीले स्वस्थ्यमा समस्या देखिने छ। ठुलाबडाको आशिर्वाद पाइने छ। वैवाहिक योगको सम्भावना रहेको छ। 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

प्रतिस्पर्धाहरूमा उर्तिण हुन सकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ। 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

 सोचेको भन्दा अधिक सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक वातावरण क्लेश्मय रहने छ। दाम्पत्य जीवनमा भने अधिक सफलता मिल्नेछ। 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

सरकारी कार्यमा सफलता मिल्नेछ। मनोरन्जनात्मक कार्यमा मन जानेछ। स्वास्थ्य सामान्य रहेको छ।महत्त्वकांक्षी योजनालाई गोप्य राखेर अघि बढ्नुपर्ने छ। मध्य महिनामा मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

शैक्षिक क्षेत्रमा सफल भइने छ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयमित रहनुपर्नेछ। रोमान्चक यात्राको अवसर मिल्नेछ। दाम्पत्य जिवनमा रमाउने समय छ। मान्यजनको आधिर्वाद लिएर अघि बढ्नु पर्नेछ। समग्रमा तपाईको यो महिना सुखद रहनेछ। 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

सोचेको कार्यमा कार्यमा सफलता पाईनेछ । नोकरीमा पदोन्नती हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण भइने छ। आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । समग्रमा मिन राशिका लागि यो महिना सुखद रहेको छ। 

#मासिक राशिफल

विशेष