रेखाको फिल्ममा सौगात र दयाहाङ

काठमाडौँ। केहि समयदेखि फिल्म क्षेत्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापाले नयाँ चलचित्र बनाउने घोषणा गरेकी छिन। रेखाले माघे संक्रान्तिको अवसर पारेर अभिनेता सौगात मल्ल र दयाहाङ राईलाई लिएर नया चलचित्र निर्माणको घोषणा गरेकी हुन्।
नाम तय नभईसकेको चलचित्र रेखा फिल्म्सको छौटौं चलचित्र हो। यसलाई सबिर श्रेष्ठले निर्देशन गर्दैछन भने चलचित्र बैशाखदेखि छायांकनका लागि फ्लोरमा जाने बताईएको छ।
रेखाको चलचित्रमा काम गर्ने कि नगर्ने भन्ने बारेमा अभिनेताद्वय सौगात र दयाहांगले भने आधिकारिक जानकारी गराएका छैनन्।
नारीप्रधान चलचित्र निर्माण गर्दै आएकी रेखाले यसपटक पनि सौगात र दयहाङ्लाई लिएर नारीप्रधान चलचित्र निर्माण गर्न लागेको बताईएको छ। रेखाको नयाँ चलचित्रको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । चलचित्रको कथावस्तुले नै दयाहाङ र सौगात मागेको रेखाको भनाई रहेको छ ।
दयाहाङ राई रेखा थापा सौगात मल्ल