यूएईमा श्रमिक बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किएको हो ।
दुर्घटनामा नेपाली श्रमिकको पनि मृत्यु गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ । दुर्घटनामा ६ नेपाली घाइते भएका छन् । घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली श्रमिक पनि भएको जानकारी पाएलगत्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका थिए ।