खेल

टी–२० सिरिजः आयरल्याण्डले वेष्ट इन्डिजलाई हरायो

टी–२० सिरिजः आयरल्याण्डले वेष्ट इन्डिजलाई हरायो

काठमाडौंः वेष्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली आयरल्याण्ड ४ रनले विजयी भएको छ । बुधबार राति आयरल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

उसका लागि इवन लुईसले ५३, कप्तान किरण पोलार्डले ३१, शिमरोन हेटमायरले २८, लेन्डल सिमन्सले २२, निकोलश पूरन, शेरफन रदरफोर्डले २६–२६ र डीजे ब्रावोले ९ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका जोस लिटलले सर्बाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।

उसका लागि पउल स्टर्लिङले शानदार ब्याटिङ गरे । उनले ४७ बलमा ८ छक्का र ६ चौकाको मद्दतमा ९५ रन बनाए । पउलले आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्दै छन् ।

यस्तै वेष्ट इन्डिजविरुद्ध केभिन ओब्रायनले ४८, ग्यारेथ डेलानीले १९ र ग्यारी विल्सनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा वेस्ट इन्डिजका डीजे ब्रावो, सेल्डन कोट्रेल, खरी पिर्रेले २–२ विकेट लिए ।

टी–२० क्रिकेट सिरिज वेष्ट इन्डिजविरुद्ध आयरल्याण्ड पउल स्टर्लिङ

विशेष