खेल

भारतसँगको टी–२० सिरिजका लागि न्यूजिल्याण्डद्वारा टिम घोषणा

भारतसँगको टी–२० सिरिजका लागि न्यूजिल्याण्डद्वारा टिम घोषणा

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजका लागि न्यूजिल्याण्डले टोली घोषणा गरेको छ । न्यूजिल्याण्डले केन विलियसम्सनको कप्तानीमा बुधबार राति १४ सदस्यीय टोली घोषणा गरेको हो ।

भारत र न्यूजिल्याण्डबीचको पाँच खेलको टी–२० सिरिज २४ जनवरीदेखि सुरु हुनेछ । यी दुई टिमबीचको सिरिज न्यूजिल्याण्डमा सुरु हुनेछ ।

भारतविरुद्ध न्यूजिल्याण्डको टी–२० टोलीः केन विलियमसन कप्तान), हमीश बेनेट, टम ब्रुस, कोलिन डि ग्रान्डहोम, मार्टिन गुप्टिल, स्कट कुग्लेइजन, डेरेल मिचेल, कोलिन मुनरो, रस टेलर, ब्लेयर टिकनर, मिशेल सन्तनर, टिम सेफर्ट, ईश सोधी र टिम साउथी।

रोहित र शामी फर्किए टिममा

न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजका लागि भारतले यसअघि नै टोली घोषणा गरिसकेको छ । भारतले गत आइतबार विराट कोहलीको नेतृत्वमा १६ सदस्यीय टोली घोषणा गरेको थियो । पाँच खेलको टी–२० सिरिजमा रोहित शर्मा र मोहम्मद शामी फर्किएका छन् । उनीहरुलाई श्रीलंका विरुद्धको सिरिजमा विश्राम दिइएको थियो ।

यस्तै विकेटकीपर–ब्याट्सम्यान सञ्जु स्यामसन टिमबाट बाहिरिएका छन् । उनलाई श्रीलंका विरुद्धको सिरिजमा मौका दिइएको थियो । उक्त सिरिजमा सञ्जुले एक म्याच खेल्ने मौका पाएका थिए । लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका उनी श्रीलंकाविरुद्ध ६ रनमै आउट भएका थिए ।

सञ्जु बाहेक न्यूजिल्याण्ड ‘टूर’मा पनि भारतले श्रीलंकाविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । चोटका कारण आराम गरिरहेका हार्दिक पाण्ड्याले भारतीय टिममा मौका पाउने सम्भावना थियो । तर, न्यूजिल्याण्ड भ्रमणमा उनले अवसर पाउन सकेनन् ।

न्यूजिल्याण्ड विरुद्धको टी–२० सिरिजका लागि भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, कुलदीप यादव, युजवेन्द्र चहल, वाशिङटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी, रवीन्द्र जडेजा र शार्दुल ठाकुर ।

टी–२० क्रिकेट सिरिज न्यूजिल्याण्ड क्रिकेट टीम

विशेष