मुख्य समाचार

धनगढीमा युवाहरुको झगडा, अस्पतालमा पनि ढुंगामुडा

धनगढीमा युवाहरुको झगडा, अस्पतालमा पनि ढुंगामुडा

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिकामा बुधवार राति युवाहरुबीच झडप भएको छ । बुधबार राति साढे १० बजे धनगढी उपमहानगरपालिका–१ अस्पताल लाईनमा युवाहरुको समूहबीच झडप भएको हो । युवाहरुको एक समूहले धनगढी उपमहानगरपालिका–१ अदालत रोड बस्ने २३ बर्षीय समिर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो ।

आक्रमणपछि तियाली घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार तियालीलाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ । झगडा गर्ने दुई जनालाई राति नै पक्राउ गरिएको  प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने २२ बर्षीय चन्द्र भाट र २१ बर्षीय शुभम शाहलाई पक्राउ गरिएको उनले बताए ।

झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ । अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुडा गरेपछि अस्पतालमा पनि क्षती भएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले भने तियालीमाथि आक्रमण गर्ने क्रममा अस्पतालमा ढुङगा लागेको हुनसक्ने बताए । घटनामा संग्लन थप २ जनाको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । 

कैलाली धनगढी झगडा

विशेष