मनोरञ्जन

'लक्का जवान'को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

'लक्का जवान'को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। हाँस्य कलाकार शिवहरि पौडेलले पहिलोपटक निर्देशन गरेको चलचित्र लक्का जवानको शीर्ष गीत सार्वजनिक भएको छ।  

डिपी खनालको शब्द र बबुल गिरीको संगीतमा तयार भएको 'मन त मेरो लक्का जवान' बोलको गीतमा बबुल गिरी र मीना निरौलाले आवाज दिएका छन। गीतका कोरियोग्राफर कविराज गहतराज हुन्। 

गीतमा सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याल लगायतका कलाकारहरुले कम्मर भाँचेका छन।  

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माता चलचित्रमा 'पुरुषोत्तम प्रधानको छायाँकन, र मित्र डी गुरुङको सम्पादन छ ।

चैत २१ देखि प्रदर्शनमा आउन लागेको चलचित्र लक्का जवान'मा  दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ ओन्ता, सबिता गुरुङ लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ। 

 

नेपाली चलचित्र निर्माण लक्का जवान

विशेष