कपिल शर्माले शेयर गरे छोरीसँगको तस्बिर, सामाजिक संजालमा भाइरल

एजेन्सी। कमेडी किङ्ग कपिल शर्मा आजभोलि निकै नै खुसी छ। एकातर्फ उनको शो ले दर्शकहरुको ध्यान तानिरहेको छ भने अर्कोतर्फ उनलाई पुत्रीलाभ भएको छ। २०१९ को डिसेम्बर १० मा कपिल पत्नी गिन्नी चतरथले छोरीलाई जन्म दिएकि थिइन् ।
व्यस्तताका बाबजुत पनि कपिल यतिखेर भरपुर समय बिताईरहेका छन। कपिलले हालै मात्र छोरीसँगको एक तस्बिर शेयर गरेका छन। जुन तस्बिर हाल सामाजिक संजालमा भाइरल भईरहेको छ। तस्बिरमा कपिलले छोरीलाई काखमा बोकेको तस्बिर शेयर गरेका छन।बाबुछोरीले आँखामा आँखा जुधाएको तस्बिर वास्तवमै अति नै राम्रो छ।
कपिल धर्मले सन् २०१८ डिसेम्बर १२ मा गिन्नी चतरथका साथमा विवाह गरेका हुन्। त्यतिबेला यी दुइको विवाहले निकै नै चर्चा पाएको थियो।
कपिल शर्मा छोरी