समाज

दुर्गा प्रसाईँ फरार

दुर्गा प्रसाईँ फरार

भक्तपुर । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं फरार भएका छन् । अदालतले पक्राउ गर्न अनुमति दिए लगत्तै प्रहरी प्रसाईँको घर पुग्दा प्रसाईँ फरार भैसकेका थिए । उनलाई अनुसन्धानका लागि पक्राउ गर्न विहीबार अदालतले अनुमति दिएको थियाे । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो ।

अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । प्रसाईँलाई नभेटेपछि प्रहरी फर्किएको थियो । 

विशेष