राशिफल

केरलाका १५ सय सेफले बनाए संसारकै लामो केक

केरलाका १५ सय सेफले बनाए संसारकै लामो केक

भारतको केरलामा विश्वकै सबैभन्दा लामो केक बनाएर नयाँ विश्व रेकर्ड कायम भएको छ । १५ सय भन्दा धेरै वेकर र सेफहरु मिलेर ४ घण्टाको समय लगाएर बनाएको उक्त केक ६.५ किलोमटिर लामो छ भने यसको वजन २७ हजार किलो रहेको छ।  

यो केकको निर्माणसँगै यसअघि चीनले राखेको ३.२ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ । उक्त केक हजारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो । त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । उक्त केक बनाउनका लागि करिब १२ हजार किलोग्राम शक्कर र आटा प्रयोग भएको थियो ।

वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वर्ल्ड रेकर्डले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित भने गरिसकेको छैन ।

नौसादले गिनीजले त्यो कुरालाई प्रमाणित गर्दै चाँडै प्रमाणत्र दिने आशा राखेका छन् । उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् ।

सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए ।

Longest cake

विशेष