मनोरञ्जन

'माफिया क्विन' बनिन् आलिया

'माफिया क्विन' बनिन् आलिया

एजेन्सी। सञ्जय लीला भन्सालीद्वारा निर्देशित चलचित्र ‘गंगुबाई कठियावाडी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।  आलिया भट्ट प्रमुख भूमिकामा रहेको यस चलचित्रको छायांकनको सुरुवातदेखि नै चर्चा रहेको थियो। 

चलचित्रको फर्स्ट लुकमा आलिया ‘माफिया क्विन’को अवतारमा देखिएकी छिन । पोस्टरमा आलिया रातो बिन्दी र महाराष्ट्रियन नोजरिङमा देखिएकी छिन । चलचित्रको अर्को पोस्टरमा आलिया ‘डी ग्ल्याम’ अवतारमा छिन्। सिँउदो पारेर बाटेको कपाल, हातमा चुरा र बाक्लो गाजल लगाएकी आलिया निकै सुन्दर देखिएकी छन्।

चलचित्रको कथा सन् १९६० को दशकको हो। यो चलचित्र पहिलो पटक कमाथिपुरा ब्राथलकी पावरफुल यौनकर्मीले हेर्ने भएका छन्। चलचित्रको कथा हुसैन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित छ।

सेप्टेम्बर ११ मा प्रदर्शनमा आउन लागेको ‘गंगुबाई कठियावाडी’ मा अजय देवगन पनि प्रमुख भूमिकामा रहेका छन। चलचित्रमा अजयको भूमिका निकै नै रोचक रहेको छ।

 

आलिया भट्ट माफिया क्विन

विशेष