राशिफल

शुक्रबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् आजको राशिफल

शुक्रबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् आजको राशिफल

आज मिति २०७६ साल माघ महिनाको ३ गते शुक्रबार, तदअनुसार सन् २०२० जनवरी १७ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विदेश यात्रा सुखद रहेको छ । पारिवारिक माहोल सुखमय रहला । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

बोलीले धेरैको मन जित्न सकिनेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ।रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
 

#राशिफल

विशेष