खेल

बिग बास लिगः ११औँ म्याचका लागि पनि टिममा अटाए सन्दीप

बिग बास लिगः ११औँ म्याचका लागि पनि टिममा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)  अन्तर्गत आफ्नो एघारौं म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आज ग्लेन म्याक्सवेलको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरेको हो । 

मेलबर्नले शुक्रबार घोषणा गरेको टोलीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् । मेलबर्नले भोलि हुने म्याचमा निक म्याडिन्सन र जोनाथन मेर्लोलाई मौका दिएको छ । अघिल्लो म्याच खेलका हरिस रौफ र ज्याकसन कोलम्यान टिममा अटाएका छैनन् । हरिस बंगलादेश विरुद्धको टी–२० सिरिज खेल्ने भएपछि पाकिस्तान फर्किएका छन् ।

अघिल्लो खेलमा शानदार बलिङ गरेका कोलम्यान चोटका कारण भोलि हुने म्याचमा टिममा नअटाएका हुन् । मेलबर्नले आफ्नो ११ औँ म्याचमा शनिबार पर्थ स्कोर्चर्सको सामना गर्ने छ । पर्थ–मेलबर्नबीचको खेल शनिबार बिहान १०ः२५ बजेदेखि सुरु हुनेछ ।     

११ औँ म्याचका लागि मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कल्टर–नाइल, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, जोनाथन मेर्लो, लान्स मोरिस, मार्कस स्टोइनिस र डानियल वर्रल ।

बीबीएल बिग बास लिग सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध पर्थ स्कोर्चर्स

विशेष