मुख्य समाचार

८६ करोड भुक्तानी प्रकरणः मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ

८६ करोड भुक्तानी प्रकरणः मन्त्रीको तस्बिरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ

धनुषाः मन्त्रीको फोटोमा जुत्ता लिएर पिटेपछि जनकपुरधामको जिरोमाइलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमलेश चौधरी, शंकर साह, रोशन सिंह राजपूत र रोशन ठाकुर रहेका छन् ।

पक्राउ परेका मध्ये राजपुत राजपाका युवा संघका अध्यक्ष छन् । उपभोक्ता समितिले काम गरेपनि पैसा नदिएपछि आक्रोशित बनेकाहरुले विरोधको नयाँ शैली बनाएका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । प्रदेश २ का मन्त्रीहरुको फोटो राखेर विरोध जनाइरहेका थिए ।

गत आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यसै कारण उपभोक्ता समिति आन्दोलनमा उर्लेका छन् । आर्थिक मसान्तको अन्तिम सातामा योजना पाएकाहरुमा अधिकांश राजनीतिकर्मीहरु रहेका छन् । यसै विषयलाई प्रदेशसभाको बैठक पनि अवरुद्धको कारण बनेको छ ।

जनकपुरधाम भुक्तानी प्रकरण

विशेष