नेकपाका अध्यक्षद्वय र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँगबीच भेटवार्ता भएको छ ।
भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन लगायतका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको हो ।
केपी शर्मा ओली भेटवार्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेरबहादुर देउवा