खेल

वानडे सिरिजः अष्ट्रेलियाविरुद्ध आज पनि टस हारेर ब्याटिङ गर्दै भारत

वानडे सिरिजः अष्ट्रेलियाविरुद्ध आज पनि टस हारेर ब्याटिङ गर्दै भारत

काठमाडौंः भारत विरुद्धको एकदिवसिय क्रिकेट सिरिजको दोस्रो खेलमा पनि अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको । भारत र अष्ट्रेलियाबीचको खेल १ः५५ बजेदेखि राजकोटमा सुरु हुँदैछ ।

भारतले दोस्रो खेलमा २ खेलाडी परिवर्तन गरेको छ । उसले ऋषभ पन्तको स्थानमा मनीष पाण्डे र शार्दुलको ठाउँमा नवदीप शैनीलाई टिममा मौका दिएको छ । अष्ट्रेलियाले भने पहिलो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ ।

पहिलो खेलमा १० विकेटको लज्जास्पद हार बेहोरेको भारतले दोस्रो खेलमा बदला लिने योजना बनाएको छ । घरेलु मैदानमा १५ वर्षपछि १० विकेटको फराकिलो हारपछि निराश बनेको भारतलाई सिरिज जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । यदि दोस्रो म्याच पनि गुमाएमा भारतले सिरिज नै एक खेल अगावै अष्ट्रेलियालाई सुम्पिन बाध्य हुनेछ ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रवीन्द्र जडेजा, नवदीप सैनी, मोहम्मद शामी, कुलदीप यादव र जसप्रीत बुमराह।

अष्ट्रेलियाको प्लेइङ ११ः आरोन फिन्च, डेविड वार्नर, मार्नस लाबुशेन, स्टिभ स्मिथ, एस्टन टर्नर, एलेक्स क्यारी, एश्टन एगर, प्याट कमिन्स, मिचेल स्टार्क, झाय रिचर्डसन र एडम जाम्पा ।

राजकोटको मैदान भारतको खराब रेकर्ड

आज अष्ट्रेलियासँग खेल्ने ‘सौराष्ट्र क्रिकेट संघ स्टेडियम’मा भारतीय टिमले अधिकांश खेलमा पराजय भोगेको छ । भारतीय टिमलाई जहिल्यै पनि यो रंगशालाले साथ दिइरहेको छैन । भारतले ११ जनवरी २०१३ मा यो स्टेडियममा इंग्ल्याण्डविरुद्ध पहिलो वानडे म्याच खेलेको थियो । जसमा भारत ९ रनले पराजित हुन पुगेको थियो ।

त्यसपछि १८ अक्टुबर २०१५ मा दक्षिण अफ्रिका विरुद्ध पनि भारत यही मैदानमा भिडेको थियो । जसमा घरेलु टिम इन्डिया १८ रनले हार बेहोर्न बाध्य भएको थियो । अष्ट्रेलियाको टिमले यही मैदानमा भारतसँग १० अक्टुबर २०१३ मा खेलेको टी–२० म्याचमा पराजित गरेको थियो । भारतीय टिम राजकोटमा आज करिब ४ वर्षपछि म्याच खेल्ने मैदान प्रवेश गर्नेछ । यो मैदानमा भारत अष्ट्रेलियासँग पहिलोपटक वानडे म्याच खेल्दै छ ।

ऋषभ पन्त एकदिवसिय क्रिकेट सिरिज अष्ट्रेलियाविरुद्ध भारत

विशेष