खेल

इपीएलः आयरल्याण्डका क्रिकेटर केभिन काठमाडौंमा अनुबन्ध

इपीएलः आयरल्याण्डका क्रिकेटर केभिन काठमाडौंमा अनुबन्ध

काठमाडौंः आयरल्याण्डका विस्फोटक ब्याट्सम्यान केभिन ओब्रायनले काठमाडौं किंग्सको टिमबाट आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । काठमाडौंले उनलाई अलराउण्डरका रुपमा टिममा अनुबन्ध गरेको हो । केभिन लगातार दोस्रो सिजनमा काठमाडौंबाट खेल्न लागेका हुन् ।  

अघिल्लो सिजनमा उनले सात म्याचमा १ सय ८४ रन बनाएका थिए । जसमा उनको एक अर्धशतक सामेल थियो । गत सिज इपीएलमा उनको सर्वाधिक स्कोर ५४ रन थियो । यसका साथै बलिङमा पनि उनले ७ खेलमा ९ विकेट हासिल गरेका थिए ।   

आयरल्याण्डका स्टार क्रिकेटर केभिनले तीन टेष्टमा २५८ रन बनाएका छन् भने एक सय ४२ एकदिवसिय खेलमा ३ हजार ४ सय ९० रन जोडेका छन् । यस्तै टी–२० मा उनले ८९ खेलमा १४ सय ८७ रन बनाएको छ ।

बलिङमा टी–२० क्रिकेटमा उनले ५८ विकेट लिएका छन् । टी–२० मा केभिनको बेस्ट स्कोर १२४ रन हो । २ दिनअघि वेष्ट इन्डिजसँग भएको टी–२० सिरिजमा उनले ३२ बलमा ४८ रन बनाएका थिए । जुन खेलमा आयरल्याण्ड ४ रनले विजयी भएको थियो । 

एभरेष्ट प्रिमियर लिग केभिन ओब्रायन

विशेष