बीपीएलः फाइनमा पनि चम्किँए आन्द्रे रसेल, दिलाए टिमलाई उपाधि
काठमाडौंः बंगलादेश प्रिमियर लिग (बीपीएल) को उपाधि आन्द्रे रसेल नेतृत्वको राजशाही रोयल्सले जितेको छ । शुक्रबार राति खुल्ना टाइगर्सलाई २१ रनले हराउँदै रोयल्सले उपाधि जितेको हो । रोयल्सले दिएको १ सय ७१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको खुल्नाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
उसका लागि शमसुर रहमानले ५२, रिले रोसउले ३७, मुश्फिकुर रहीमले २१, रोबी फ्राइलिंकले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा रोयल्सका मोहम्मद इरफान, आन्द्रे रसेल, कमरुल इस्लामले ३–३ र मोहम्मद नवाज र अवु जायदले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन बनायो ।
उसका लागि इरफान सुकुरले ३५ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए । मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्का हिर्काउँदै अविजित ४० रन बनाए । यस्तै कप्तान आन्द्रे रसेलले १५ बलमा ३ छक्का प्रहार गर्दै अनटआउट २७ रनको योगदान दिए । लिटन दास २५, अफिस हुसैन १० र सोयब मलिक ९ रनमा आउट भए । बलिङमा खुल्नाका मोहम्मद आमिरले २, रोबी फ्राइलिंक र शाहिदउल इश्लामले एकएक विकेट लिए ।
बंगलादेश प्रिमियर लिग आन्द्रे रसेल बीपीएल राजशाही रोयल्सविरुद्ध खुल्ना टाइगर्स