खेल

भारत र अष्ट्रेलियाबीचको खेलमा बने यस्ता कीर्तिमान

भारत र अष्ट्रेलियाबीचको खेलमा बने यस्ता कीर्तिमान

काठमाडौंः अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारत ३६ रनले विजयी भएको छ । विजयीसँगै भारतले सिरिजमा आफूलाई जिवितै राख्न सफल भएको छ । शुक्रबार रातिको जितले भारतले सिरिज १–१ को बराबरी गर्न सफल भयो । सिरिजको दोस्रो खेलमा केही खेलाडीले कीर्तिमान पनि बनाउन सफल भएका छन् ।  
 
केएल बने सर्बाधिक छिटो हजार रन बनाउने तेस्रो खेलाडीः भारतीय विकेटकीपर–ब्याट्सम्यान केएल राहुलले ५२ बलमा ८० रन बनाउँदै भारतबाट सबैभन्दा छिटो एक हजार रन बनाउने तेस्रो भारतीय खेलाडी बनेका छन् । राहुलले २७ खेलमा एक हजार रन बनाए भने यस अघि विराट कोहलीले २४ खेलमा हजार रन पूरा गरेका थिए । त्यस्तै नवोजित सिद्धुले २५ खेलमा हजार रन पुरा गरेका थिए ।

कुलदीप यादवको १ सय विकेट पूराः दोस्रो खेलमा भारतीय बलर स्पिनर कुलदीप यादव एकदिवसीय खेलमा १ सय विकेट पूरा गर्न सफल भए । उनले एलेक्स क्यारीको विकेट लिँदै सय विकेट पूरा गरेका हुन् । योसँगै यादव सय विकेट लिने २२औं भारतीय खेलाडी बनेका छन् भने सय विकेट लिने विश्वका १५१औँ बलर बनेका छन् । त्यस्तै सय विकेट लिने तेस्रो स्पिनर बनेका छन् ।

यादव दक्षिण अफ्रीकाका इमरान ताहिरसँगै ५६ खेलमा सय विकेट लिएका थिए । त्यस्तै पाकिस्तानका सक्लीन मुस्ताकले ५३ र अफगानिस्तानका राशिद खानले ४४ खेलमा सय विकेट लिएका थिए ।

जम्पाको कीर्तिमानः अस्ट्रेलियाका स्पिनर एडम जम्पाले ३ विकेट लिँदै एक खास किर्तिमान बनाएका छन् । उनले भारतीय कप्तान विराट कोहलीलाई पाँच पटक आउट गरेका छन् । यससँगै जाम्पाले भारतमा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । जाम्पाले १० खेलमा १९ विकेट लिएका छन् ।

रोहितको ७ हजार रन पूराः दोस्रो खेलमा भारतीय टिमका ओपनर ब्याट्सम्यान रोहित शर्माले १८ रन बनाउँदै एकदिवसीय खेलमा सात हजार रन पूरा गरेका छन् । यसका साथै रोहित सबैभन्दा छिटो सात हजार रन बनाउने ओपनर बनेका छन् । रोहितले भारतका सचिन तेन्दुलकर र दक्षिण अफ्रिकाका हाशिम अमलालाई पछाडि पारेका छन् ।
 

अष्ट्रेलियाविरुद्ध भारत एकदिवसीय क्रिकेट सिरिज कीर्तिमान

विशेष