मुख्य समाचार

त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकियो

त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकियो

काठमाडौंः बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन सकेको छैन । 

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाडौंसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले बताइन् ।  

त्रिभुवन विमानस्थल उडान कुहिरो

विशेष