पिनास के हो ? कारण, लक्षण र बच्ने उपायहरु
पिनास नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ भनिन्छ ।
साइनोसाइटिस साइनस (sinus) हरुको इन्फ्लामेसन (जलन) हो । साइनस भन्नाले टाउको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।
पिनासबाट कसरी बच्ने
प्रसस्त पानी पिउने
धूलो धुवाँबाट बच्ने
रुघा लागेपछि यसको नजरअन्दाज नगर्ने, तातोपानीको बाफ लिने
सकेसम्म चिसोबाट जोगिने
एलर्जीको समस्या छ भने एलर्जी हुने खानपानबाट बच्ने
लक्षण
सामान्यतया बच्चाहरुमा रुघा लाग्नु, नाकबाट सिंगान बगिरहनु,ज्वरो आउनु
बयस्कहरुमा सुख्खा खोकी लाग्नु, रुघा लागेको जस्तो हुने, पेटमा समस्या, कान दुख्ने आदि
आँखा सुन्निने
सुँघ्ने शक्तिमा कमि आउनु
आधा कपाल दुख्नु
टाउको भारी हुने, अघिल्लो निधार दुख्ने
घाँटी खासखास हुने
बच्ने उपाय
धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ ।
जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ ।
सामान्यतया चिसोको कारण पिनास हुने भएकाले सकेसम्म चिसोबाट बच्नुपर्छ।
विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।
पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ ।
#पिनास