खेल

बिग बास लिगः आज पनि प्लेइङ ११ मा अटाए सन्दीप

बिग बास लिगः आज पनि प्लेइङ ११ मा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा मेलबर्न स्टार्सले टस जितेर ब्याटिङ रोजेको छ । पर्थ र मेलबर्नबीचको खेल १०ः२५ बजेदेखि सुरु हुनेछ । मेलबर्नको ११ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् । अघिल्लो खेलमा उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए ।

११ औँ म्याचका लागि मेलर्न स्टार्सको प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याड्सन, ग्लेन म्याक्सवेल (कप्तान), सेब गोच, निक लार्किन, नाथन कल्टर–नाइल, सन्दीप लामिछाने, क्लिन्ट हिन्चलिफ, डानियल वर्रल र लान्स मोरिस । 

तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स

अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले १० म्याच खेल्दा ९ मा जित हासिल गर्दै १८ अंक जोडेको छ । यता मिचेल मार्श नेतृत्वको पर्थ तालिकाको चौथो स्थानमा छ । उसले १० म्याच खेल्दा ५ मा जित र पाँच् खेलमै हारको सामना गरेको छ । र, पर्थले १० अंक जोडेको छ ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने

विशेष