राशिफल

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस साप्ताहिक राशिफल

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस माघ ४ गतेदेखि पुष ११ गतेसम्मको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आकस्मिक धनलाभको सम्भावना रहेको छ। साहित्य कलाको क्षेत्रमा रुचि बढ्नेछ। स्वस्थ्यमा भने बिशेष दिनु पर्नेछ। समग्रमा तपाईका लागि यो साता शुभ नै रहेको छ। 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

नयाँ कार्यको थालनी गर्ने सु अवसर मिल्नेछ। पारिवारिक साथ र सहयोग पाइने छ। सार्वजनिक मान प्रतिष्ठा कमाउने समय छ। व्यापार व्यवसायमा प्रगति हुनेछ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

शुभ कार्यको चर्चा चल्नेछ। धर्मिक कार्यमा मन जानेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

अरुको कुरालाई वेवास्ता गर्दा दुख पाइने छ। आतिथ्य सत्कार पाइने छ। आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ। 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

नयाँ जिम्मेवारी वहन गर्ने समय रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। लामो समयदेखि रोकिएका कार्य पूर्ण भएर जानेछन। 

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

अधुरा कार्यहरु पूर्ण भएर जानेछन। धार्मिक यात्रा हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

लगनशीलताले काम बन्ने समय रहेको छ। नयाँ काममा हात हाल्ने समय छ। आकस्मिक धनलाभको सम्भावना रहेको  छ। स्वास्थ्य अनुकुल रहने छ।  उत्तम भोजनको अवसर मिल्नेछ। 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

आर्थिक कारोवारमा सावधानी अपनाउनु पर्नेछ। यात्रामा मालसामान हराउने सम्भावना रहेको छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

वैदेशिक यात्रा सुखद रहनेछ। शुभ समाचारले मन रमाउने छ। लामो समयदेखि रोकिएका काम सम्पादन भएर जानेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। मनोरंजनको क्षेत्रमा धन खर्च हुनेछ। 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

बोलीले धेरैको मन जित्न सकिनेछ। नयाँ सम्बन्धको प्रस्ताव आउनेछ। व्यवसायमा सहकर्मीको साथ र सहयोग पाइने छ । साताको अन्त्यमा काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ ।  समग्रमा तपाईका लागि यो साता शुभ रहेको छ।  

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

भाग्यले नयाँ अवसर जुटाउने छ। धर्म,कर्म र समाजसेवामा मन जानेछ। मनमा उत्साह बढ्नेछ। व्यापार व्यवसायमा सफलता पाईनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तसङ् रमाइलो भेटघाट हुनेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

सोचे अनुसारको काम नबन्नाले मनमा हताशा भाव पैदा हुनेछ। बिश्वास पात्रबाट धोका पाइने छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। धर्मकर्ममा मन जानेछ। समग्रमा तपाईका लागि यो साता सामान्य रहेको छ। 

 

#साप्ताहिक राशिफल

विशेष