खेल

भारतीय स्टार क्रिकेटर नाडकर्णीको निधन

भारतीय स्टार क्रिकेटर नाडकर्णीको निधन

काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्वक्रिकेटर बापू नाडकर्णीको निधन भएको छ । पूर्व अलराउन्डर नाडकर्णीको शुक्रबार ८६ वर्षको उमेरमा निधन भएको हो । निधन भएका तत्कालिन यी स्टार क्रिकेटरको नाममा एउटा यस्तो कीर्तिमान छ, जुन कीर्तिमान अहिलेसम्म पनि तोडिएको छैन । नाडकर्णीको नाममा लगातार सर्बाधिक ‘मेडन ओभर’ गर्ने खेलाडीको रेकर्ड छ । जुन रेकर्ड हालसम्म कुनै खेलाडी पनि तोड्न सकेका छैनन् । 

बायाँ हाते अलराउन्डर नाडकर्णीले इंग्ल्याण्डविरुद्ध २१ ओभर बिना रन बलिङ गरेका थिए । जो अहिलेसम्म यस्तो दुर्लभ बलिङ कसैले पनि गर्न सकेका छैनन् । नाडकर्णीले १२ जनवरी १९६४ मा इंग्ल्याण्डविरुद्ध २१ ओभर बलिङ गर्दै एक रन पनि दिएका थिएनन् । यो खेल भारतको चेन्नईमा भएको थियो । जसमा भारतले पहिलो इनिङ्समा ४ सय ५७ रन बनाएको थियो ।

नाडकर्णीले १६ डिसेम्बर १९५५ मा न्यूजिल्याण्डविरुद्ध टेष्ट क्रिकेटमा डेब्यू गरेका थिए । यसपछि उनले १९६८ सम्म भारतीय टिमका लागि ४१ टेष्टमा ८८ विकेट लिएका थिए । अचम्मको कुरा त केछ भने टेष्टमा उनको इकोनमी रेट १.७ रन प्रति ओभर थियो । नाडकर्णीले ब्याटिङमा १ हजार ४ सय १४ रन बनाएका थिए । जसमा उनले १ शतक र ७ अर्धशतक सामेल छ । 

 बापू अर्थात् चन्द्र गंगाराम नाडकर्णी परिवारका साथ मुम्बईमा बस्ने गर्दथे । ४ अप्रिल १९९३३ मा जन्मिएका उनले १३ वर्ष भारतीय टिमबाट क्रिकेट खेलेका थिए ।    
 
 

भारतीय क्रिकेट टिम बापू नाडकर्णी

विशेष