अजय देवगणको ‘तान्हाजी’ले कटायो १९ करोड रुपैयाँ
काठमाडौंः बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको छ । यसअघिका फिल्म ‘गोलमाल’ देखि ‘रेड’, ‘टोटल धमाल’, ‘दे प्यार दे’सम्मले सय करोड क्लबमा टिकाएका अजयको पछिल्लो फिल्म ‘तान्हाजीः द अनसङ वारियर’ले सय करोड पार गरेको छ ।
पहिलो दिन गत शुक्रबार १४ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको तान्हाजी’ले दोस्रो दिन गत शनिबार झन् बढाएर १९ करोड ७५ लाख कलेक्सन गरेको थियो । यसलाई उत्कृष्ट सफलता मानिएको छ ।
बक्स अफिस इन्डियाका अनुसार, यसले पहिलो सप्ताहमा एक सय १६ करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्ममा अजयसँगै काजोल, सैफ अलि खान, शरद केल्कर र नेहा शर्माको अभियन रहेको छ ।
अजयका धेरैजसो फिल्म रोहित सेट्टीले निर्देशन गरे पनि यो चाहीं ओम रावतले निर्देशन गरेका छन् । फिल्म सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित छ ।
अजय देवगण तान्हाजी