खेल

भारत र अष्ट्रेलियाबीचको ‘निर्णायक म्याच’ आज

भारत र अष्ट्रेलियाबीचको ‘निर्णायक म्याच’ आज

काठमाडौंः भारत र अष्ट्रेलियाबीचको एकदिवसीय क्रिकेट सिरिजको ‘निर्णायक’ म्याच आज हुँदैछ । तीन खेलको सिरिजको ‘निर्णायक’ तथा अन्तिम खेल दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेल जुन टीमले जित्छ उसले नै यो सिरिज आफ्नो नाममा बनाउने छ । तीन खेलको सिरिज १–१ को बराबरीमा छ । भारत र अष्ट्रेलियाबीचको अन्तिम म्याच स्टार स्पोट्र्स नेटवर्कमा र खेलको लाइभ स्ट्रीम हटस्टार एपबाट हेर्न सकिन्छ ।

सिरिजको पहिलो म्याचमा १० विकेटले पराजित भएको भारत दोस्रो खेलमा भने ३६ रनले विजयी भएकाे थियाे । दोस्रो खेलमा भारतीय टिमका शिखर धवन, केएल राहुल र विराट कोहलीले अर्धशतक बनाएका थिए । दोस्रो म्याचमा भारतीय टीमका ओपनरद्वय रोहित शर्मा र शिखर धवन घाइते भएका थिए । उनीहरुले ‘निर्णायक’ म्याच खेल्ने–नखेल्ने शंका कायमै छ । यदि शिखर र रोहितले आजको म्याच नखेले भारतले सिरिज जित्ने सम्भावना न्यून हुनेछ ।

पहिलो म्याचमा शानदार ब्याटिङ गरेको अष्ट्रेलियाले दोस्रो म्याचमा भने पूरा ५० ओभर पनि खेल्न सकेन । उसका ओपनरद्वय आरोन फिन्च र डेविड वार्नर दोस्रो खेलमा सस्तैमा आउट भएका थिए । यदि आज यो जोडीले शानदार साझेदारी गरेमा सिरिज सजिल्यै जित्न सक्ने छ । अष्ट्रेलियाको टीमका आज केही परिवर्तन गर्न देखिने छ । उसले एलेक्स क्यारीको स्थानमा पीटर ह्यान्सकम्बलाई प्लेइङ ११ मा मौका दिन सक्छ । 

अष्ट्रेलियाविरुद्ध भारत निर्णायक म्याच

विशेष