मुख्य समाचार

आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउ परे के छ सजाय?

आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउ परे के छ सजाय?

काठमाडौंः गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार गएको बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता गरिएको हो । 

अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुने परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । एसएसपी सुवेदीका अनुसार अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्नसक्ने अधिकार रहेको छ ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । 

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।  विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो ।  प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।

आस्था राउत मुद्दा दर्ता सजाय अभद्र व्यवहार

विशेष