खेल

‘निर्णायक म्याच’मा भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै अष्ट्रेलिया

‘निर्णायक म्याच’मा भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै अष्ट्रेलिया

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । भारत–अष्ट्रेलियाबीचको ‘निर्णायक’ खेल दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

अष्ट्रेलियाले आज टीममा एक खेलाडी परिवर्तन गरेको छ । उसले केन रिचडर्सनको स्थानमा जोश हेजलउडलाई मौका दिएको छ । घरेलु टीम भारतले भने अघिल्लो खेलकै ‘प्लेइङ सेट’लाई मैदान उतारेको छ ।

तीन खेलको सिरिज १–१ को बराबरीमा छ । भारत र अष्ट्रेलियाबीचको अन्तिम म्याच स्टार स्पोट्र्स नेटवर्कमा र खेलको लाइभ स्ट्रीम हटस्टार एपबाट हेर्न सकिन्छ । सिरिजको पहिलो म्याचमा १० विकेटले पराजित भएको भारत दोस्रो खेलमा भने ३६ रनले विजयी भएको थियो ।

पहिलो म्याचमा शानदार ब्याटिङ गरेको अष्ट्रेलियाले दोस्रो म्याचमा भने पूरा ५० ओभर पनि खेल्न सकेन । उसका ओपनरद्वय आरोन फिन्च र डेविड वार्नर दोस्रो खेलमा सस्तैमा आउट भएका थिए । यदि आज यो जोडीले शानदार साझेदारी गरेमा सिरिज सजिल्यै जित्न सक्ने छ ।

भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, विराट कोहली (कप्तान), श्रेयस अय्यर, केएल राहुल, मनीष पाण्डे, रवीन्द्र जडेजा, कुलदीप यादव, नवदीप सैनी, मोहम्मद शामी र जसप्रीत बुमराह ।

अष्ट्रेलियाको प्लेइङ ११ः आरोन फिन्च (कप्तान), डेविड वार्नर, मार्नस लाबुसेन, स्टिभ स्मिथ, एलेक्स क्यारी, एस्टन टर्नर, एस्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड र एडम जम्पा । 

एकदिवसीय क्रिकेट सिरिज निर्णायक म्याच भारतविरुद्ध अष्ट्रेलिया

विशेष