मुख्य समाचार

अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नेकपा नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको छ ।

दुई अध्यक्षबीच आज बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएको नेकपा सचिवालय स्रोतले जनाएको छ । सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।

त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकबाट औपचारिक अनुमोदन गर्ने जनाइएको छ ।

शनिबार मात्रै सभामुखकै विषयमा प्रचण्डले अग्नि सापकोटालाई भेटेर छलफल गरेका थिए । उनले सापकाटोलाई तयार रहन आग्रह गरेका थिए ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक सोमबारका लागि बोलाइएको छ ।

अग्नि सापकोटा सभामुख

विशेष