बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्कियो

काठमाडौंः आज बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।
बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको विमानस्थल प्रहरीले जनाएको छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।
ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो ।
बुद्ध एयर त्रिभुवन विमानस्थल यति एयरलाइन्स