फोटो मनोरञ्जन

थाईल्याण्डमा प्रियंकाको ब्याचलर पार्टी (फोटोफिचर)

थाईल्याण्डमा प्रियंकाको ब्याचलर पार्टी (फोटोफिचर)

काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जालका भित्ताहरु प्रियंका कार्कीमय बनेको छ। ब्याचलर पार्टी भन्दै केहि दिन अघि थाईल्याण्ड उडेकी प्रियंकाका रंगी बिरंगी तस्बिरहरुले यतिबेला उनका फेसबुक र इन्स्टाग्रामका वालहरु भरिएको छन।  

प्रियंका कहिले साथीसँगको तस्बिर शेयर गर्छिन त कहिले सिंगल। उनको तस्बिरलाई हेर्दा यस्तो लाग्छ कि प्रियंका यतिबेला थाईल्याण्डमा मस्ती मुडमा छिन। 

योसँगै प्रियंकाले आफ्नो फेसबुकवालमा 'ब्राइडल शावर' भन्दै तस्बिर पोस्ट गरेकी छिन। प्रियंकाले उत्कृष्ट सेटिङमा, सेतो पहिरनमा सजिएर उनले साथीहरुसँग बेहुली हुनु अघिको समयलाई निकै विशेष तवरले व्यतित गरेकी छिन्।  

अभिनेता आयुष्मान देशजराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी प्रियंकाको विवाहको मिति  भने अझै तय हुन सकेको छैन। यी दुईले २०१८ जुलाई १४ मा इन्गेजमेन्ट समेत गरिसकेका छन।  

प्रियंका कार्की

विशेष